Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा


नयाँ पार्टी गठनसँगै संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरुले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।

‘संगठन विस्तार अभियान अन्र्तगत हामीले प्रदेश, जिल्ला र विभिन्न विभागहरुलाई पूर्णता दिइसकेका छौ, अहिलेसम्म ५० प्रतिशत पालिका गठन भएका छन्’, महासचिव भुसालले भने, ‘वडा कमिटीहरु पनि धमाधम गठन भइरहेका छन्, छिटै पूर्णता दिने तयारी छ ।’ दुई प्रदेशमा पार्टीको तर्फबाट मुख्यमन्त्री बनेको अवस्थामा उनीहरुलाई पार्टीको तर्फबाट निर्देशन दिने तयारी पनि समाजवादीको रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार