प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १५ जना न्यायाधीशहरूका लागि नौ इजलास तोकका छन् । तीन सिंगल र ६ वटा संयुक्त इजलासमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका छन् । आज न्यायाधीशहरू इजलासमा बस्ने तयारीमा छन् ।
नौवटा मुद्दा एउटै इजलासमा तोक्न सकिने भए पनि प्रधानन्यायाधीश जबराले धेरै इजलास सञ्चालन रहेको सन्देश दिन एउटा–एउटा मुद्दा राखेर नौ इजलास तोकेका हुन् ।
न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मात्र मुद्दा हेर्ने भनेपछि सोमबार इजलास बसेको थियो । मंगलबार भने प्रधानन्यायाधीशले उस्तै प्रकृतिको बैंकिङ कसुरका मुद्दाका लागि समेत पेसी तोकेका थिए ।
तर, मंगलबार न्यायाधीश र प्रधानन्यायाधीशबीचको वार्तामा पनि खटपट आएपछि न्यायाधीशहरूले त्यसलाई नै कारण देखाएर इजलासमा जान अस्वीकार गर्दा मंगलबार इजलास नै बसेको थिएन ।





