Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

एनपीएलमा सुदूरपश्चिमको जित,कर्णाली याक्स ३९ रनले पराजित


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । कर्णालीका डेभिड मिलरले डेब्युमै नटआउट ९३ रन बनाए ।

५५ बल खेलेका मिलरले ७ छक्का र ५ चौका प्रहार गरे । सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार