Logo
१७ कार्तिक २०८३, मंगलवार
|  Tue Nov 3 2026

लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा,पोखरा आठ विकेटले पराजित


काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले पोखरालाई आठ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो । यो जितसँगै लुम्बिनी पाँच अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।  पोखराले भने लगातार तेस्रो हार व्यहोरेको छ । जारी सिजनमा पोखरा अहिलेसम्म जितविहीन बनेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार