काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार भर्चुअलमाध्यममार्फत केसीले चाडपर्वका समयमा हुन सक्ने सम्भावित जोखिमलाई प्राथमिकतामा राखेर परिणाममुखी र सुदृढ सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।
महानिरीक्षक केसीले समसामयिक विषयमा केन्द्रित हुँदै चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर आवश्यक तयारी र समन्वय प्रभावकारी बनाउन जोड दिएका थिए।








