Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

सरकारलाई दुई तिहाइको दम्भ नदेखाउन कांग्रेस महामन्त्री संग्रौलाको चेतावनी


काठमाडौँ । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन् । उनले सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने बाटोमा अघि बढेको भन्दै त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा जानसमेत पछि नपर्ने चेतावनी दिएकी छन्।

नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रममा महामन्त्री पन्तले मुलुक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको बताइन्।
उनले मुलुकका विकराल समस्या एकातिर थन्क्याएर लोकतन्त्रका लागि संघर्ष गरेका नेता तथा पार्टीविरुद्ध राज्यशक्ति प्रयोग भइरहेको भन्दै आपत्ति जनाइन्। प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काम लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।

सरकार दुई तिहाइको दम्भमा अघि बढिरहेको उल्लेख गर्दै उनले लोकतन्त्र र नागरिक स्वतन्त्रतामाथि प्रहार गर्ने गतिविधि स्वीकार्य नहुने बताइन्। यस्ता गतिविधिविरुद्ध कांग्रेस सडकमा उत्रिन बाध्य हुने उनले चेतावनी दिइन्।

महामन्त्री पन्तले शिक्षाको गुणस्तर खस्किँदै गएको र युवाका लागि विदेश नै गन्तव्य बन्ने क्रम बढिरहेको बताइन्। युवालाई स्वदेशमै भविष्य देखाउन सरकारले आवश्यक काम गर्न नसकेको उनको आरोप थियो।


प्रतिक्रिया दिनुहोस !
विचार