Logo
२४ कार्तिक २०८३, मंगलवार
|  Tue Nov 10 2026

देउसी–भैलोका नाममा हुने अश्लील गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध:गृहमन्त्री


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार फेसबुकमार्फत उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच आउने गरी देउसी–भैलो खेल्ने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुनबमोजिम कडाइका साथ नियन्त्रण गरिने बताएका हुन् ।

गृहमन्त्री गुरुङले यस्ता गतिविधिप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै त्यस्ता क्रियाकलाप देखिए तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार