Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

भरतपुर सबस्टेसनको तत्काल मर्मत गर्न कुलमानले दिए यस्तो निर्देशन


चितवनको भरतपुर सबस्टेसनमा रहेका पावर ट्रान्सफर्मरको मर्मत गर्न अझै ८ घण्टा लाग्ने भएको छ । सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिका १ देखि १३ तथा २९ र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द छ । बिग्रिएको ट्रान्सफर्मरलाई हटार २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडानको कार्य भइरहेको छ । यो काम सक्न कम्तिमा पनि आठ घण्टा लाग्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उक्त सवस्टेसनमा गएर तत्काल मर्मत गरी सक्दो छिटो संचालनमा ल्याउन निर्देशन दिएका छन् । उनले मर्मत कार्य छिटो सम्पन्न गर्न जनशक्ति थपेरै काम गर्न निर्देशन दिए । “कामदारलाई खसी खुवाएर हुन्छ की के खुवाएर हुन्छ, त्यो गर्नु काम छिटो सक्नु” उनले निर्देशन दिदै भने, ‘तिहारको बेला उपभोक्तालाई अँध्यारोमा राख्न हुँदैन, मर्मतका लागि श्रमिकहरु थपेर भए पनि तत्काल काम सक्नु पर्छ, तत्कालका लागि उद्योगहरुलाई दिइएको आपूर्ति कटौती गरी ग्राहस्र्थवगलाई तिहारमा बत्ती बाल्न पाउने व्यवस्था मिलाउनु ।”

सबस्टेसनमा रहेका दुई वटा ट्रान्सफर्मरमध्ये एउटामा शनिबार बिहानबाट समस्या देखिएको थियो । सबस्टेसनमा रहेको अर्कोमा मंगलबार दिउसोबाट समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो ।

अहिले वैकिल्पक व्यवस्था गरी हस्पिटलहरु, खानेपानी, जिल्ला प्रशासन तथा प्रहरी, विमानस्थललगायतका क्षेत्रमा विद्युत आपूर्ति सुचारु गरिएको छ । सबस्टेसनबाट विद्युत आपूर्ति गर्ने १० वटा फिडरहरुमध्ये एउटा मात्र सञ्चालनमा ल्याउन सकिएको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार