Logo
११ आश्विन २०८३, आईतवार
|  Sun Sep 27 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?


नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजार तोकिएको छ। बुधबार प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज पाँच सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ५०० मा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर छ। चाँदी बुधबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार