Logo
८ मंसिर २०८३, मंगलवार
|  Tue Nov 24 2026

ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प,पूर्वी र मध्य तराईका धेरै जिल्लामा महसुस


काठमाडौँ । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य तराईका धेरै जिल्लामा महसुस गरिएको छ ।

नेपालमा गएको भूकम्पपछि भारतको बिहार, पश्चिम बंगाल तथा अन्य केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको समाचारमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !
विचार