Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

अब महाधिवेशन सर्दैन, तोकिएको समयमै हुन्छ : देउवा


प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको पार्टी महाधिवेशन समयमै हुने दाबी गरेका हुन्।

उनले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताए। प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुश्मनी बढाउनु नहुने बताए।

प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरे। बेलायतमा मन्त्रीहरुले एष्ट्राजेनिकाको खोप तीन पल्ट लगाउनुपर्ने बताएको भन्दै उनले सबैले तीन पटक एष्ट्राजेनिकाको खोप लगाउन आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !
विचार