प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारका लागि पेसी तोकेका छन्। सर्वोच्च अदालतका न्यायाधीशरु र नेपाल बार प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिरहेका बेला रणाले सोमबारका लागि ६ वटा इजसाल तोकेका हुन्।
प्रधानन्यायाधीश राणाले चारवटा संयुक्त र दुई एकल इजलास तोकेका हुन्। राणाले बन्दी प्रत्येक्षीकरणका मुद्दाको मात्र पेसी तोकेका छन्। प्रधानन्यायाधीश राणाले आजका लागि आफ्नोसमेत इजलास तोकेका छन्।
राणाले न्यायाधीश कुमार चुडालसँगको संयुक्त इजलास तोकेका हुन्। विवाद जारी रहँदा राणाले आफूलाई इजलास तोक्ने गरेका थिएनन्। आफ्नो राजीनामा मागेर न्यायाधीश र नेपाल बार आन्दोलनमा उत्रिएपछि राणाले ४ महिनापछि अवकाश लिने प्रस्ताव अगाडि सारेका छन् ।





