Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

आज पनि बढ्यो सुन-चाँदीको मूल्य, कति पुग्यो तोलाको ?


आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। आज छापावाला सुन प्रतितोला १५ सयले बढेर ९२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि तिहारअघि कात्तिक १८ गते छापावाला सुन तोलाको ९१ हजारमा कारोबार भएको थियो। त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२५० मा कारोबार भइरहेको महासंघले जनाएको छ। गत कात्तिक १८ गते चाँदी तोलाको १२२५ मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार