Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

मुसालाई सुनको पदकले सम्मान


हामी सबैलाई थाहा छ मुसा के हो र यसले के गर्छ ? घरमा मुसा जहाँ देखिन्छ त्यहाँ केही न केही काम बिग्रिएकै हुन्छ । मुसा नपुगेको त कुनै ठाउँ नै हुदैन ,कहिले भान्सामा त कहिले भण्डारमा भेटिहालिन्छ । तपाइँहरु मध्ये कसैको त दराज भित्र छिरेर लत्ताकपडा नै धुस्नु बनाइदिएकै होला । तर बेलायतमा एक मुसालाई स्वर्णपदकद्धारा सम्मानित गरिएको छ ।
बेलायतको भेटरिनरी च्यारिटी संस्थामा एक मुसाले धेरै मान्छेहरुको ज्यान बचाएको हुँदा यसलाइ सुनको मेडलले सम्मानित गरिएको छ । एक अफ्रिकी मुुसा मगावालाई उसको बहादुरी र कर्तव्य प्रतिको समर्पणलाइ पदकद्धारा सम्मान गरिएको हो ।
यस मुसाले २८ हानीकारक बिस्फोटक पदार्थ पत्ता लगाएर धेरैको ज्यान बचाएको थियो । सो बिस्फोटक पदार्थ त्यही समय नष्ट गरिएको थियो । यस मुसालाई हिरो ¥याट मुसा नायर्क पदकद्धारा सम्मानित गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार