Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


आज नेपाली बजारमा सुनको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो।

सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ६०० रुपैयाँ थियो। त्यस्तै सोमबार तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार ८०० मा झरेको छ।

चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेको छ। यससँगै चाँदीको प्रतितोला १२८० मा कारोबार भैरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार