Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

अचम्मको होटेल जहाँ भूतले खाना ल्याइदिन्छ


भुतको बिषयमा कुरा गर्दा कसैले भुत हुन्छ भनेर विश्वास गर्छन् त कसैले विश्वास नै गर्दैनन् । भुत छ या छैन यसमा विश्वास गरे पनि या नगरे पनि भुत भन्ने बित्तिकै धेरै मान्छेको दिमागमा फरक प्रकारको तरंग भने सृजना हुन्छ नै ।
विश्वमा एउटा यस्तो रेष्टुरेन्ट रहेको छ, जहाँ सम्पूर्ण कृयाकलाप भूतले गर्ने गर्दछ । तर, भूत भने वास्तविक नभएर मान्छेले कल्पना गरेर बनाएको आकृति हो । स्पेनको ला मासिया एंकांटडामा रहेको हन्टेड नामको रेष्टुरेन्ट विश्वकै एक डरलाग्दो रेष्टुरेन्ट हो ।
यस रेष्टुरेन्टमा कुनै पनि पाहुना आउनसाथ मान्छेले बनाएको त्यही भूतले स्वागत गर्ने गर्दछ । हातमा रगत लतपतिएको चक्कु, तरवार तथा हँसियाँ लिएर भुतले पाहुनाको स्वागत गर्ने गर्दछ ।
खाना खाने समयमा पनि त्यही भुतले नै खाना ल्याइदिने गर्दछ । वरीपरि छरपस्ट शवहरु राखिएको हुन्छ र तीनिहरुसँगै बसेर खाना खानु पर्दछ । खाना खाने समयमा भुतको नाटक पनि देखाइन्छ ।
लगभग तिन घण्टा लामो भुतको डरलाग्दो कहानी प्रस्तुत गरिन्छ । यस होटलमा मुटु रोगी, दम रोगी,अपाङगता भएका व्यक्ति, महिला तथा १४ बर्ष भन्दा मुनिका बालबालिकालाई भने प्रवेशमा रोक लगाइएको छ ।
यस होटल सन १९७० मा निर्माण भएको हो । यस होटलमा क्यामेरा प्रतिबन्ध गरिएको छ । यहाँका पात्रहरु काल्पनिक रहेका छन । होटेलका सम्पूर्ण स्टाफहरुले नै भुतको नक्कल गर्ने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार