Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

गाईको गोबरबाट बिजुली उत्पादन


गाईको  गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ । हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि पञ्चगव्यमा सेवन समेत गरिन्छ । हालै एकजना भारतीय डाक्टरले विभिन्न रोग निको पार्ने भन्दै गाईको गोबर खाएको समाचार सार्वजनिक भएको थियो । यी सबैका अलावा गाईको गोबरलाई अर्को निकै महत्वपूर्ण कार्यमा उपयोग गर्न सकिने पुष्टि भएको छ ।

हो, बेलायतका किसानहरूले गाईको गोबरबाट बिजुली उत्पादन गरेका छन् । किसानहरूको एक समूहले गाईको गोबरबाट यस्तो पाउडर तयार पारेका छन्, जसबाट ब्याट्री उत्पादन गरिएको छ । उनीहरुले एक किलोग्राम गोबरबाट यतिधेरै बिजुली उत्पादन गर्न सफल भएका छन् जसले लगातार पाँच घण्टासम्म भ्याकुम क्लिनर चलाउन सकिन्छ ।

बेलायतको आर्ला डेरीले यो चमत्कार गरेको हो । किसानको स्वामित्वको उक्त डेरीले गोबरको पाउडर बनाएर त्यसको ब्याट्री तयार गरेको हो । त्यो ब्याट्रीलाई काउ प्याट्री नाम राखिएको छ । ब्ब् आकारको गोबरको ब्याट्रीबाट साढे तीन घण्टासम्म लगातार कपडामा आइरन लगाउन पुग्दछ ।

अर्ला डेरीमा अधिकांस कार्यका लागि गोबरबाट उत्पादित बिजुलीको प्रयोग गर्न थालिएको छ । त्यस्तै बिजुली उत्पादन बाहेको फोहोरलाई मलखादको रुपमा प्रयोग गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार