Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

छालाको कोट लगाउन किम जोङले लगाए प्रतिबन्ध, यस्तो छ कारण


उत्तर कोरियाले जनतालाई छालाको लामो कोट लगाउन प्रतिबन्ध लगाएको छ । किम जोङको प्रिय पहिरन अरूले लगाएर अपमान नगरून् भनी प्रतिबन्ध लगाइएको हो ।

सन् २०१९ मा किमले लेदर कोट लगाएपछि उत्तर कोरियाका सम्भ्रान्तहरूले त्यस्तै कोट लगाउन थालेका थिए । उनीहरूले सक्कली छालाको कोट लगाएका थिए ।

तर त्यसैको सिको गर्दै अरूले पनि सस्तो नक्कली कोट लगाउन थालेपछि प्रहरी खटाएर त्यस्तो कोट बेच्न रोकिएको छ । किमको पहिरनलाई मानिसहरूले सस्तो सामान किनेर अपमान गरेको अनि उनको शक्तिको अवमूल्यन गरेको निष्कर्ष सरकारले निकालेको हो ।

 


प्रतिक्रिया दिनुहोस !
विचार