Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

दक्षिण अफ्रिकामा फेला पर्‍यो अहिलेसम्मकै घातक कोरोनाको नयाँ भेरियन्ट


दक्षिण अफ्रिकामा कोरोना भाईरसको नयाँ भेरियन्ट फेला परेको छ । जसलाई वैज्ञानिकहरुले डरलाग्दो र अहिलेसम्मकै घातक भनेका छन् । साउथ अफ्रिकाको एउटा प्रान्तमा उक्त भाइरस पुष्टि भए पनि त्यस प्रकारको भेरियन्ट अन्यत्र पनि फैलिईसकेको हुनसक्ने आशंका गरिएको छ ।

नयाँ खालको भेरियन्ट पत्ता लागेसंगै यो कति छिटो फैलिन्छ र यसमा अहिलेसम्म प्रयोग गरिएका खोपको कस्तो प्रभाव हुन्छ भन्ने चासो अनुसन्धानकर्ताहरुमा बढेको छ ।

वैज्ञानिकहरुले बी वान वान फाइभ टु नाइन नाम दिएको भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नयाँ नाम भने दिन बाँकी नै छ । तर यस अघि पत्ता लागेका कोरोनाका भेरियन्ट भन्दा यो ज्यादै नै फरक भएको दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले बताएका छन् ।

यो भाईरसले आफूहरुलाई चतिक पारेको भन्दै उनीहरुले स्वरुप फेर्ने क्रममा यसले ठूलो फड्को मारेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार