Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

प्रतिनिधिको दबाबपछि महासचिवमा विष्णु पौडेललाई अगाडि सार्ने ओलीको तयारी


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विष्णु पौडेललाई महासचिवका रुपमा अगाडि सार्ने भएका छन् छन् । आफूपक्षीय नेताहरूसँगको कुराकानी र महाधिवेशन प्रतिनिधिसँगको भावना बुझे पनि ओलीले पौडेललाई अगाडि सार्ने तयारी गरेको एमाले उच्च स्रोतले बताएको छ ।

शंकर पोखरेलले पनि महासचिवका लागि आकांक्षा राखेका थिए । अहिले पदाधिकारीमा नभएका पोखरेललाई एकैपटक महासचिव बनाउनुभन्दा एक कार्यकाल उपमहासचिव बनाएर अर्को पटक महासचिव बनाउन उपयुक्त हुने बहुसंख्यक महाधिवेशन प्रतिनिधिले सुझाव दिएको स्रोतले बतायो ।

एमाले दशौं महाधिवेशनको बन्दसत्रले शनिवार पदाधिकारी र केन्द्रीय कमिटीमा सर्वसम्मत नेतृत्वको लागि नाम प्रस्ताव गर्ने अधिकार केपी ओलीलाई दिएको थियो । पदाधिकारीको सूची बनाउन ओलीले बिहानैदेखि नेताहरूसँग परामर्श गरेका थिए । अधिकांशले पौडेललाई महासचिव बनाउन सुझाव दिएका थिए ।

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङले पनि दाबी गरेका थिए । ओलीले पदाधिकारीको सूची बनाउन नसक्दा बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्र अझै शुरू हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार