Logo
७ बैशाख २०८३, मंगलवार
|  Tue Apr 21 2026

अफ्रिकाबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक


कोरोना भाइरसको नयाँ प्रकार ओमिक्रोनको संक्रमण देशमा हुनबाट रोक्न दक्षिण अफ्रिकासहित अफ्रिकाका अन्य देशबाट आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले अफ्रिकाबाट आउनेहरूलाई देशभित्र प्रवेश गर्न नदिन आइतबार अध्यागमन विभाग, त्रिभुवन विमानस्थल र सीमा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। ​

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार कूटनीतिज्ञ, सरकारी अधिकारी र आपतकालीन कामबाहेक अफ्रिकाका सबै देशका बासिन्दालाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक लगाइएको छ।

गृहले अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र कामका आधारमा मात्र नेपाल प्रवेश गर्न दिने वा नदिने निर्णय गरिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार