Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

शेयर बजारमा पहिरो, दोहोरो अंकले घट्यो नेप्से


साताको दोस्रो दिन सोमबार पनि शेयर बजार घट्ने क्रम जारी देखिएको छ । आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ५१ अंकले घटेर २ हजार ९ सय २९ दशमलव ९७ अंकमा झरेकोमा छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ९२ अंकले घटेको छ ।

सोमबार नेप्सेपरिसूचकसँगै कारोबार रकममा समेत सुस्तता देखिएको छ । आइतबार ६ अर्बको शेयर किनबेच भएकोमा सोमबार ४ अर्ब पुगेको छ ।

परिसूचक तथा कारोबार रकम घटे पनि सोमबार हाइड्रोपावर र म्युचुअल फण्डको समूका रहेका धेरै कम्पनीहरुको शेयर मूल्य घटेन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार