Logo
१ कार्तिक २०८३, शनिबार
|  Sat Oct 17 2026

जनतालाई राहत दिन घटाइयो पेट्रोलियम पदार्थको मूल्य, आजै देखि लागू हुने


पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण परेका छन्। मूल्यवृद्धिको कुनै भौगोलिकस सीमा देखिँदैन तर कतिपय सरकारहरूले जनतालाई राहत दिने कार्यक्रम लागू गर्छन् ।

भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ । सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्थ्यो ।

बुधवार बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ । दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९।४ प्रतिशतमा झारेको छ । बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार