Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

सिंहदरबारमा गोली चलेको घटनामा यस्तो छ छानविन समितिको निष्कर्ष


सिंहदरबारभित्र गोली चलेको घटनामा राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी निजी सुरक्षा अधिकृत अनुपमा भारतीको गल्ती देखिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको छानविनमा भारतीको लापरबाहीले घटना भएको निष्कर्षसहित उनलाई आइन्द यस्तो गल्ती नदोहोर्याउन चेतावनी दिइएको छ ।

भारतीले बोकेको पेस्तोल १० कात्तिकमा सिंहदरबारभित्र पड्किएको थियो । तर कसैलाई लागेको थिएन ।प्रहरी प्रधान कार्यालयले गरेको छानविनबाट भारतीले नयाँ पेस्तोल ल्याएको र नम्बर टिपाउने क्रममा ‘मिस ह्याण्डलिङ’ हुँदा गोली चलेको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार