नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । हिजो बुधबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।





