भारतको केरला राज्यमा बस्ने कुट्टियाम्माले आफ्नो जीवन घरपरिवारका लागि समर्पित गरिन्। उनी कहिल्यै विद्यालय जान पाइनन् र १६ वर्षको उमेरमा बिहे भएपछि परिवारको उत्तरदायित्व झन् बढ्यो। सय वर्ष नाघेपछि उनलाई पढ्न मन लाग्यो र उनले घरमै अक्षर चिन्ने प्रयास गरिन्।
यी वृद्धा १०४ वर्षमा साक्षरताको परीक्षामा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएकी छन्। नातिनातिनाले पढेको देखेर पढ्नुपर्ने रहेछ भनेर आफूले पढ्न थालेको उनी बताउँछिन्।
उनले परीक्षामा सोधिएको प्रश्न सजिलो लागेको प्रतिक्रिया दिएकी छिन् ।








