Logo
२० भाद्र २०८३, शनिबार
|  Sat Sep 5 2026

निर्वाचनमा पराजित भएपछि थापा समूहको आकस्मिक बैठक, पूर्वराजाले धोका दिएको निष्कर्ष


राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्ष निकालेका छन् । राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङदेनसँग पराजित भएलगत्तै दरवारमार्गस्थित याक एन्ड यति होटेलमा थापा समूहवाट निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक समीक्षा बैठकले सो निष्कर्ष निकालेको हो ।

अध्यक्ष लिङदेन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका अन्य विजयी पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको प्रारम्भिक समीक्षा बैठकका अधिकांश सदस्यले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकालेको सहभागी एक नेताले बताए ।

‘पूर्वराजाले सचिवालय प्रयोग गरेर कमल थापालाई हराउन उर्दी जारी गरेको तथ्य साटासाट भयो, स्वयं राजाले पनि बोलाएर थापालाई हराउन निर्देशन दिएको तथ्य त्यहाँ खोलियो’, बैठकमा सहभागी एक सदस्यले भने, ‘सबैको निष्कर्ष थियो, संवैधानिक राजतन्त्रको वकालत गरे पनि ज्ञानेन्द्र शाहको पक्षमा भने नखुल्ने र अजेन्डा नबोक्ने निष्कर्ष निकालिएको छ ।’

उनका अनुसार उक्त बैठकमा उपाध्यक्ष बुद्धिमान तामाङ, निरञ्जन थापालगायत नेताहरू ‘अप्रत्यासित नतिजा’ले आफू चकित भएको सामान्य प्रतिक्रिया दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार