साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थीर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार आइतबारकै मूल्यअनुसार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि सोमबार प्रतितोला एक हजार २०० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ ।





