Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

प्रधानन्यायाधीश विवादबारे बोले माधव नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालत र बारबीच भएको विवादको समाधान संवादबाटै हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा लोकतन्त्रको सुदृढीकरण र सङ्घीयताको रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा त्यस्तो कुनै पनि समस्या नदेखिएको उनले दाबी गरे । त्यस्तै अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने नगर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

आफुले गठबन्धन गर्दा राम्रो र अरुले गर्दा नराम्रो भन्ने मानसिकता खराब रहेको भन्दै ओलीमा दृष्टिदोष रहेको बताए ।

राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले अझै ठुलो सफलता हासिल गर्ने उनको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार