Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन आग्रह गर्दैै बार नेतृत्वको टोली ओली निवासमा


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा लिसोजस्तो टाँसिएको टाँसियै गरेको भन्दै कानून व्यवसायीहरुले जबरालाई महाअभियोगबाट हटाउन प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
मंगलबार ओली निवास बालकोट पुगेका कानून व्यवसायीहरुले न्यायालयमा देखिएको समस्या न्यायालयबाटै समाधान नहुने भन्दै दलहरुको सहयोग आवश्यक परेको बताएका हुन् । प्रधानन्यायाधीश जबराले स्वच्छ न्याय पनि दिन नसकेको , न्यायालयको गरिमा कायम राख्न नसकेको र न्याय प्रशासनको नेतृत्व गर्न नसकेको कारण उनलाई हटाउँन आवश्यक रहेको नेपाल बार एशोसिएसनले जनाएको छ ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा गएको टोलीले एमाले अध्यक्ष ओलीसँग भेट गरेसँगै अन्य नेताहरुसँग पनि भेटघाट गर्ने जनाएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दैै आन्दोलनमा उत्रिएको बारको आन्दोलन पछिल्लो समयमा केही सेलाएको झैं देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार