बैतडीको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना संक्रमण देखिए पछि विद्यालय बन्द गरिएको छ । भूमेश्वर माविका कक्षा १० मा अध्ययनरत छात्रामा कोरोना संक्रमण भेटिएपछि विद्यालय बन्द गरिएको हो ।
यसअघि पनि मंसिर १९ गते विद्यालयमा कोरोना संक्रमित विद्यार्थी भेटिएपछि तीन दिनको लागि बन्द गरिएको थियो । त्यस पछि फेरी पनि विद्यार्थीमा कोरोना संक्रमण भेटिएपछि २४ गते सम्मका लागि विद्यालय बन्द गरिएको हो ।
संक्रमित विद्यार्थीको सम्पर्कमा आएका सबै शिक्षक तथा विद्यार्थीहरुलाई कोरोना परिक्षण गरिने विद्यालय प्रशासनले जनाएको छ ।






