Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

न्यायाधीशहरुको गुटको झगडाले जनता मारमा : प्रदीप ज्ञवाली


सर्वाेच्च अदालतमा भइरहेको आन्दोलनलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गुटको झगडाको संज्ञा दिएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भइरहेको आन्दोलनलाई न्यायाधीशहरुको गुटका संज्ञा दिएका हुन् । न्यायाधीशहरुको आपसी मनमुटावको कारण जनताले सास्ति खेप्नु परेको भन्दै उनले यसमा केही न्यायाधीशहरुको स्वार्थ रहेको अरोप समेत लगाए ।
प्रधानन्यायाधीशको राजीनामा मागेर आफू पदमा पुग्न सकिने कतिपय कानुन व्यवसायीहरुको पनि दाउ रहेको उनको भनाई छ । अहिलेको आन्दोलनमा केही राजनीतिक दलहरु प्रत्यक्ष या परोक्ष रुपमा लागेको पनि उनले दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार