अर्थमन्त्री जनार्दन शर्माले ७ प्रतिशत आर्थिक वृद्धिदर पु¥याएरै छाड्ने दाबी गरेका छन । बिहीवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले आर्थिक वृद्धिर लक्ष्य अनुरुप नै पु¥याउने दाबी गरेका हुन् ।
अर्थतन्त्रको बिषयमा नबुझिकन मन्त्री शर्माले आर्थिक सुचक बारे बोलेको भन्दै सामाजिक सञ्जालमा व्यापक टीका टीप्पणी भइरहेका बेला मन्त्री शर्माले आर्थिक वृद्धिदरबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । आलोचनालाई आफूले सामान्य रुपमा लिने भन्दै शर्माले आफ्नो लक्ष्य भने पूरा गरेरै छाड्ने बताए ।
प्रतिकुल अवस्थाका बाबजुद पनि सरकारले आर्थिक वृद्धिदर हासिल गर्ने उनको दाबी छ ।





