Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

कांग्रेस महाधिवेशनस्थलमा उम्मेद्वारले राखेको ब्यानर किन हटायो प्रहरीले ?


नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि उम्मेद्वारी घोषणा गरेकाहरुले प्रचार प्रसारलाई तीव्रता दिएका छन् । सामाजिक सञ्जाल तथा तुल व्यानर मार्फत उम्मेदवारहरुले आफ्नो प्रचार गरिरहेका छन् ।

प्रहरीले भने महाधिवेशनस्थल वरपर प्रचारका लागि राखिएका तुल, ब्यानरलगायत सामग्रीहरु हटाएको छ । महाधिवेशनस्थल भृकुटीमण्डप वरपर र पार्टी कार्यालय सानेपामा राखिएका ब्यानर प्रहरीले हटाएको हो ।

महाधिवेशनस्थल र पार्टी कार्यालय आसपासको ५०० मिटर वरपर प्रचार सामाग्री नराख्न महाधिवेशन निर्वाचन कमिटीले आचारसंहिता जारी गरेको थियो । तर आचारसंहिताको उल्लंघन गरी उम्मेद्वारहरुले तुल, ब्यानर, पम्प्लेटको प्रयोग गरेका थिए ।

त्यसलाई प्रहरीले हटाएको हो । विहान पार्टी कार्यालय सानेपाको व्यानर हटाइएको छ भने साँझ भृकुटीमण्डप वरपरको व्यानरहरु प्रहरीले हटाएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार