एमसीसी सम्झौताका विरुद्ध नेकपा माओवादी केन्द्र समाजवादीले हस्ताक्षर अभियान शुरु गरेको छ ।
अभियानको पहिलो दिन बिहिबार काठमाडौंको चाबहिलमा व्यापक जनसहभागिता रहेको थियो । एमसीसी सम्झौता राष्ट्रघाती भएका कारण कुनैपनि हालतमा यसलाई पास गर्न दिन नहुने भन्दै सहभागी नागरिकले देश जोगाउँनका लागि सबै एकजुट हुनुपर्ने बताएका थिए ।
बिहिबार बिहानैबाट शुरु भएको हस्ताक्षर अभियान आगामी २८ गतेसम्म जारी रहने माओवादी केन्द्र समाजवादीले जनाएको छ ।
एमसीसीका विरुद्धमा निरन्तर सडक आन्दोलन गर्दै आएको माओवादी केन्द्र समाजवादीले यसअघि खुलामञ्चमा विशाल आमसभा गरेको थियो भने त्यसयता पनि निरन्तर आन्दोलन गर्दै आएको छ ।




