Logo
२१ भाद्र २०८३, आईतवार
|  Sun Sep 6 2026

सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न पौडेलपक्षका केन्द्रीय सदस्यको बैठक बस्दै


सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै छ।

बिहान ९ बजे बत्तिसपुतलीमा बस्ने सो पक्षका केन्द्रीय सदस्यको बैठकले सभापतिको उम्मेद्वार तय गर्ने जनाइएको छ। उक्त समूहले सभापतिको साझा उम्मेदवार तय गर्न मंगलबारदेखि रस्साकस्सी गरेपछि हालसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन।

सो समूहबाट वरिष्ठ नेता पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरेका छन्। चारै जनाले अडान नछोड्दा साझा उम्मेद्वार चयन हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार