Logo
२१ भाद्र २०८३, आईतवार
|  Sun Sep 6 2026

कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र नेपालको जम्काभेट हुँदै


नेपाली कांग्रेसको महाधिवेशन आज उद्घाटन हुँदैछ । उद्घाटन समारोहमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले क्रमैसँग सम्बोधन गर्ने भएका छन् ।

ओलीपछि भाषण गर्ने पालो वरिष्ठ नेता पौडेलको हुनेछ। अन्तिममा महाधिवेशनमा सम्बोधन गरेर उद्घाटन सत्रको समापन सभापति देउवाले गर्नेछन्।

तत्कालीन नेकपाका तीन शीर्ष नेताहरु आन्तरिक किचालोका कारण अहिले तीनवटै पार्टीका अध्यक्ष भएका छन्। ओली र प्रचण्डबीच गत वर्ष पुस ५ गते संसद विघटन भएपछि भेट भएको छैन भने ओली र नेपालबीच पनि ६ महिनापछि भेट हुन लागेको हो।

११ महिनापछि प्रतिस्पर्धी कांग्रेसको मञ्चमा देखिन लागेका ओली–प्रचण्ड र ६ महिनापछि भेट हुन लागेका ओली–नेपालको हाउभाउ उद्घाटन सत्रको रोचक पक्ष हुनेछ। ओली, प्रचण्ड र नेपालबीचको आपसी विग्रहकै कारण कांग्रेस सभापति देउवाले प्रधानमन्त्री हुने अवसर पाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार