Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

सहमति कार्यान्वयनमा सरकार उदासिन देखियो : विप्लव


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले तीन बुँदे सहमति प्रति उदासिन भएको आरोप लगाएका छन् । बन्दी कार्यकर्ता भेटघाट गर्ने संखुवासभाको खाँदबारी कारागार आइपुगेका महासचिव विप्लवले सरकार सहमति कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताए।

तीन बुँदे सहमति प्रति आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताएको बताउँदै सरकारले सहमति कार्यान्वयन गर्नमा आफुहरु आशावादी रहेको बताए। बन्दीगृहका नेता कार्यकर्ता रिहा गर्न सत्तारुढ दलका प्रमुखहरु सकारात्मक भएपनि पहल गर्न कोही अग्रसर नभएको आरोप लगाए।

विभिन्न बन्दीगृहका रहेको नेता कार्यकर्ता सँग आश्वासन दिँदै उनले भने ‘चाडैं देशभर रहेको एक सय १७ जना बन्दी छुटाइने छ।’ विप्लवका अनुसार राजनैतिक बन्दीहरु प्रति राज्यले गरेको ब्यबहार सन्तोषजनक रहेको छ। महासचिव विप्लव विभिन्न जिल्लामा रहेका बन्दी भेटघाटका क्रममा जिल्ला दौडाहामा छन्।

तीन बुँदे सहमति कार्यान्वयन नहुदाँ देशभरका नेता, कार्यकर्ता अहिले पनि बन्दीगृहमै रहेको बताए। बन्दी रिहा गर्न विषय राष्ट्रिय राजनीतिक मुद्दा भएको कारण छिटोभन्दा छिटो समस्या समाधान गर्न सरकारसँग माग राखेको विप्लवले बताए।


प्रतिक्रिया दिनुहोस !
विचार