पछिल्लो २४ घन्टामा देशभर २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १० हजार ४८ सय ७ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा २ सय ५९ जना संक्रमित भेटिएका हुन्
यस्तै आज ३ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय ३७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ९ सय ९७ जना सक्रिय संक्रमित रहेका छन्।





