Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

उम्मेदवारी फिर्ता लिने समय एक घण्टा थपियो


नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ता गरेकाहरुले उम्मेदवारी फिर्ता लिने समय एक घण्टा थपिएको छ । यसअघि कांग्रेस निर्वाचन समितिले आज बिहान ११ बजेसम्म उम्मेदवारहरुलाई मनोनयन फिर्ता लिने सयम दिएकोमा एक घण्टा थपेर १२ बजेसम्म पुर्‍याइएको छ ।

प्रदेश २ बाट उम्मेदवारी दिएका जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि सो प्रदेशबाट खुलातर्फ रमेश रिजाल र आनन्द ढुंगाना केन्द्रीय सदस्य चयन भएका छन् । रिजाल र ढुंगाना दुवै जना देउवा प्यानलका हुन् ।

मध्यान्ह सवा १२ बजेसम्ममा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएकोमा उक्त सीमा पनि बढाएर सवा १ बजे बनाइएको छ ।भोलि बिहान ८ बजेदेखि नयाँ नेतृत्वका लागि मतदान गर्ने कार्यक्रम रहेको छ ।

गत शुक्रबारदेखि शुरु भएको महाधिवेशनमा हिजो उम्मेदवारको मनोनयको दिन रहेकोमा नेतृत्वका लागि ६ जना मैदानमा उत्रिएका छन् । वर्तमान सभापति शेरवहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा शेखर कोइराला, युवा नेता कल्याण गुरुङ र कांग्रेस गोरखाका सभापति युवराज न्यौपानेले सभापतिका लागि उम्मेद्वारी दिएक छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार