नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा धेरैले उम्मेदवारी दिएका छन् । त्यस मध्ये डा. टिएन योगी एक यस्ता उम्मेदवार हुन् जसले अध्यात्म र राजनीतिलाई सँगसँगै अघि बढाएका छन् ।
को हुन् डा. योगी ?
वि.सं. २०४६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध डा. टि.एन. योगीले नेविसंघबाट आफ्नो राजनीतिक यात्राको सुरुवात गरेका हुन् । उनको जन्म स्थल विरेन्द्रनगर –३ सुर्खेत हो ।
वि.सं. २०४६ सालदेखि २०५६ साल सम्म नेपाली कांग्रेसका हरेक कार्यक्रम , आन्दोलनहरुमा सकृय रुपमा सहभागिता जनाएका डा. योगीले वि .सं. २०४६ सालमा त्रिभुवन विश्व विद्यालय कीर्तिपुर काठमाडौबाट स्नाकोत्तर तह प्रथम श्रेणीमा उत्तिर्ण गरे । पछि आफ्नो विद्यार्थी जीवन र नेविसंघको सकृय राजनीति सँगै अध्ययन अनुसन्धानमा आफुलाइ केन्द्रित गराई केहि समय त्रिभुवन विश्व विद्यालयमा प्राध्यापक भई सेवा गरेपछि उनले त्रिभुवन विश्व विद्यालयाट पिएचडी गरे ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समीतिको बैठकले उनको बौद्धिक क्षमता, राजनीतिक पृष्ठभूमी र पार्टीमा गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै उनलाई नेपाली कांग्रेसको नेतृत्व तहमा समायोजन गरी यसअघि पार्टीको केन्द्रीय सदस्य पदको जिम्मेवारी समेत प्रदान गरेको थियो । नेपाली कांग्रेसको केन्द्रीय समीतिको बैठकमा उनले पटक पटक पार्टी भित्रको गुटबन्दीको समुल अन्त्य गरी पार्टीमा एकता सद्भाब र मेलमिलाप गर्नु पर्ने कुरामा जोड दिनु पर्ने भन्दै आएका छन् ।
उनले नेपाली कांग्रेसका लाखौँ लाख कार्यकर्ताहरुको रगत र पसिनाबाट बनेको यस पार्टीमा उनीहरुको उचित मुल्यांकन र कदर गर्दै आम कार्यकर्ताहरुको संरक्षण गरी पार्टीलाइ विधि र विधानबाट सञ्चालित हुनु पर्छ भन्दै आएका छन् ।
पूर्विय दर्शनको गहिरो अध्ययन गरेका डा. योगीले सनातन हिन्दु धर्म र संस्कृतीकोे अध्ययन अनुसन्धान गर्ने क्रममा नेपाल र भारतका विभिन्न मठ मन्दिर र शक्ति पिठहरुमा ध्यान, साधना र तपस्यामा एक दशक बिताएका छन् । योगीले आध्यात्मबाद र भौतिकबाद सन्तुलनको वकालत गर्दै आध्यात्मीक भौतिकवादको बहस समेत गर्दै आएका छन् ।
मानव सेवा सबै भन्दा ठुलो धर्म हो त्यो अध्यात्म र राजनीति दुवैको माध्यम मार्फत गर्न सकिन्छ भन्दै उनले दुबै पक्षलाई सन्तुलन गरी अगाडि बढाएका छन् । नेपाली कांगे्रसका निडर र प्रभावशाली बौद्धिक नेताको रुपमा परिचित डां योगीले पार्टी भित्र सम्पूर्ण धर्महरुको सम्मान गर्दै धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र नेपाल र असंलग्न परराष्ट्र नीतिको पक्षमा बोल्दै आएका छन् ।





