Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

बालुवाटारमा तयार भयो बङ्करसहितको प्रधानमन्त्री निवास, वास्तु पूजा गरेर प्रवेश गर्ने तयारीमा देउवा


प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँ सरकारी भवनमा सर्दै छन्। बालुवाटारमै नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै उनी आज सर्न लागेका हुन्। प्रधानमन्त्री देउवा विशेष वास्तु पूजा गरी नवनिर्मित भवनमा स्थानान्तरण हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अत्याधुनिक सेवा सुविधा भएको निजी निवासमा सुरक्षाको दृष्टिकोणले बंकरसमेत निर्माण गरिएको छ । बालुवाटारमा रहेको पुरानो संरचनालाई भत्काएर दुईवटा भवन निर्माण गरिएको हो। एउटा भवन प्रधानमन्त्रीको निजी निवासका लागि र अर्को सार्वजनिक भवनका रूपमा निर्माण गरिएको हो।

निजी निवास भवन निर्माण सम्पन्न भइसकेको छ भने सार्वजनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ । पञ्चायतकालमा निर्माण गरिएको अहिलेको प्रधानमन्त्री निवासमा भूकम्पले क्षति पुर्याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले नयाँ भवन निर्माण गर्नुपरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार