Logo
२ कार्तिक २०८३, सोमबार
|  Mon Oct 19 2026

उपत्यकामा सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन


काठमाडौँ।  सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेको छ । यात्रुहरूको सहज आवतजावतका लागि दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको हो ।

दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो।

उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा सोमबारबाट लगातार तीन दिन, बिहान ८ देखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ ।

कार्यालयबाटै निस्कने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर, नयाँ बसपार्क हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार