Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार,पत्रकारको क्यामेरा डाउन


नेपाली कांग्रेसको  जारी १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा रहेको मतदानस्थलमा प्रवेश गर्न नदिएपछि फोटो पत्रकारहरू विरोधमा उत्रिएका छन्।

उनीहरू सभागृहभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको थियो। पत्रकारहरूले सभागृह अगाडि रहेको सडकमा क्यामरा डाउन गरेर विरोध जनाइरहेका छन्।

प्रहरीले फोटो पत्रकारलाई हटाउन बल प्रयोग गरेपछि निर्वाचन समितिले माफी माग्नुपर्ने उनीहरूको माग छ। कांग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान मतपत्र छपाईमा भएको ढिलाइले केहीबेर अघि मात्र सुरु भएको छ।

 


प्रतिक्रिया दिनुहोस !
विचार