Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

भोट हालेर निस्केका देउवा फेरि किन पुगे मतदान स्थलमा ?


नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा पुन: मतदान स्थलमा पुगेका छन्। यसअघि उनी मतदान गरेर मतदान स्थलबाट बाहिरिएका थिए।

देउवा मतदातालाई नमस्कार गर्दै पुनस् मतदान स्थलमा आएका हुन्। अहिले मतदान केन्द्रबाहिर कुर्सीमा बसिरहेका उनले मतदाता मतदान गर्न जाँदा नमस्कार गरिरहेका छन्। बिहान ८ बजेदेखि नै मतदान गर्ने भनिएपनि मतपत्र छपाइमा भएको ढिलाइले दिउँसो १२ बजेदेखि मात्र मतदान सुरु भएको थियो।

कांग्रेसको भावी नेतृत्वका लागि वर्तमान सभापति देउवासँगै नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा कल्याण गुरुङले उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार