Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

नेतृत्व चयनको लागि कांग्रेसमा खस्यो ४२ सय मत, राती १ बजेदेखि मतगणना


नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका जारी मतदानमा चार हजार दुई सय बढी मत खसेका छन्।काठमाडौंस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपस्थित मतदान केन्द्रमा सोमबार बिहानदेखि मतदान जारी छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार यो खबर तयार पार्दासम्म चार हजार दुई सय मत खसेको छ।

सुरुमा साँझ ५ बजेसम्म मतदानको समय तोकिएकामा अपुग भएपछि राति ९ बजेसम्म लम्ब्याइएको छ। तर यस समयभित्र पनि मतदान सकिने अवस्था छैन। राति १० बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले बताए।

अझै पाँच सय मत खस्न बाँकी रहेकाले १० बजेसम्म मतदान हुने रावलले जानकारी दिए। राति १ बजेदेखि मत गणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ। राष्ट्रियसभा गृह, र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा मतदान स्थल तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार