माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुने बताएका छन् । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको बैठकमा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।
अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुने भन्दै संशोधन भने गरिने दाबी गरे । एमालेले गरिरहेको संसद अबरोधको हल खोज्नेगरी अघि बढ्ने बताउँदै उनले एमालेले लिँडेढिपी गरिरहनुको तुक नभएको बताए ।
एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले जोगाएको भन्दै लामो समयदेखि संसद अबरुद्ध गर्दै आएको छ ।





