नेपाली कांग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना आज बुधबारबाट सुरु हुने भएको छ। कांग्रेस निर्वाचन समिति प्रमुख गोपालकृष्ण घिमिरेले आज साँझबाट मतगणना हुने जानकारी दिए। ‘छिटो एकदम छिटो अहोरात्र खटेर मतपरीणाम सार्वजनिक हुनेछ,’ उनले भने।
पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्।
सभापतिको मतपरिणाम सार्वजनिक भएसँगै निर्वाचन समितिलई अन्य पदाधिकारीको मतगणनाको बाटो खुलेको हो। १४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना हुन वाँकी छ ।





