Logo
११ आश्विन २०८३, आईतवार
|  Sun Sep 27 2026

प्रि ओपनमै १४ अंकले बढ्यो नेप्से


बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १४ अंक बढेको छ। मंगलबार १३७.१८ अंक बढेर २४१८.८४ विन्दुमा पुगेर बन्द भएको नेप्सेआजको प्रि ओपन सेसनमा १४.३५ अंक बढेर २४३३.३० विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ४१ कम्पनीको १ करोड ४१ लाख १२ हजार ६६२ रुपैयाँ बराबरको २८ हजार ४०५ कित्ता सेयर किनबेच भएको छ।

कारोबारमा मध्ये ४० कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। मंगलबारअघि पछिल्ला कारोबारका तीन दिन नेप्सेमा उच्च अंकको गिरावट आएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार