नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुन बुधबार प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कायम छ । मंगलबार पनि चाँदी यहि मूल्यमा कारोबार भएको थियो ।





